भजनी । कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा केवललाल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित भएका छन् । केवललालले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का शेरबहादुर चौधरीलाई पराजित गरे । उनले सात हजार ४७५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुरले तीन हजार ८७१ मत प्राप्त गरे ।
नगर उपप्रमुखमा निर्वाचित तिरुवाले नेपाली कांग्रेसका गोकर्ण भण्डारीलाई पराजित गरेका हुन् । तिरुवाले ६ हजार २२५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले तीन हजार ५३७ मत प्राप्त गरे । भजनीमा नागरिक उन्मुक्ति पार्टीले तीन वडामा जित हासिल गरेको छ । त्यसैगरी गठबन्धनले चार र एमालेले दुई वडामा जित हासिल गरेको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्