धनगढी । सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो ।
दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा ३० भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । उक्त समयमा एक्सपिरियन्स शेयरिङ, मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम २ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
फेस्टमा २३ स्टार्टअपले आफ्नो आइडिया प्रस्तुत गरेका थिए, जसमध्ये इन्क्युवेसनका लागि ५ स्टार्टअप छनोट भएका छन् भने ब्ल्याक बोर्ड नेपाल प्रालि उत्कृष्ट स्टार्टअप हुन सफल भएको छ । ब्ल्याक बोर्ड नेपालसँगै पोथी इन्क्युबेटर, सार, स्मार्ट डस्टबिन, सस्तो किताब डटकम र मिझ्नी डटकम काठमाडौंमा हुने इन्क्युवेसनका लागि छनोटमा परेका छन् ।
त्यस्तै साढे २ बजेदेखि सुरू भएको डिजिटल सुदूरपश्चिम संवादमा प्रमुख अतिथिको रूपमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री डा। रणबहादुर रावलको उपस्थिति रहेको थियो । ह्वावे र इन्फोडेभलपर्सले प्रायोजन गरेको डिजिटल सुदूरपश्चिम संवादमा प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा छलफल भएको छ ।
ईबीमाले मुख्य प्रायोजन गरेको स्टार्टअप एण्ड आइडिया फेस्टलाई यार्सा ल्याब्स, राष्ट्रिय वाणिज्य बैंक, प्रभु पे, सफ्वेरिका कलेज, निमा एकेडेमी, ब्रोडवे इन्फोसिस, डिशहोम फाइबरनेट, एसीसीए, सेलएप, सीएसआईटी एशोसिएसन नेपाल, नेपाल आन्ट्रप्रेनर्स हब, टेक्नोरियो, अप्लाई जब लगायतका विभिन्न संघ संस्थाको सहयोग रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्