- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारीको गति मापन गरिसवारीसाधनको गति नियन्त्रण गर्नका लागि आज बाट लिडार स्पिड गनको प्रयोग गरेको छ । सवारी साधन तिब्र गतिमा चलाउदा हुने दुर्घटनाको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न लिडार स्पिड गनको प्रयोग गरिएको हो ।
बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागी सोमबारदेखी धनगढीमा लिडार स्पिड गनको प्रयोग सूरु गरेको जिल्ला टरफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक वकिल बहादुर सिंहले जानकारी दिए । ‘मोहना अत्तरिया ६ लेन सडक खण्ड र कैलालीको पुर्ब पश्चिम राजमार्ग सडक खण्डमा लिडार स्पिड गनको प्रयोग गरिनेछ’, सिंहले भने, ‘अव तिव्र गतिमा सवारी चलाउनेलाई कानुन सम्बत हदैसम्मको कारवाही हुन्छ ।’
त्यसैगरि गति सिमा सम्बन्धमा बजार क्षेत्रमा तथा व्यस्त सडकमा दुई पाङग्रे सवारी साधनले २० कि.मि प्रति घण्टा भन्दा बढी गतिमा सवारी चलाउन पाउने छैनन् । चार पाङग्रे सवारी साधनको हकमा ३० कि.मि. प्रति घण्टा गतिमा मात्र चलाउन पाउने र ६ लेन सडक खण्ड तथा राजमार्ग सडक खण्डमा अधिकतम ४०–६० कि.मि.प्रति घण्टा चलाउन पाउने नियम लागु गरिएको छ ।
अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक व्यवस्थापनमा ब्रेथलाईजर, ह्वीलक, लिडार स्पिड गन जस्ता यान्त्रिक उपकरणहरुको प्रयोग गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्