कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता नामावली प्रकासन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको छ ।
यसैगरी, जेठ २५ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाश गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने जेठ २६ गते मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम अघि सारिएको छ ।
जेठ २७ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र जेठ ३० गते मतदान गर्ने कार्यक्रम तय गरिएको छ । मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षितरुपमा प्राप्त गरेपछि मात्रै मतगणनाको कार्य सुरु हुने बताइएको छ । निर्वाचन सम्बन्धित मतदान केन्द्रमा हुने जनाइएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्