कैलाली । कैलालीमा निर्वाचित नयाँ जनप्रतिनिधिका प्राथमिकतामा शिक्षा र स्वास्थ्य परेका छन् । भौतिक पूर्वाधार निर्माण साथसाथै उनीहरुले सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएका हुन् । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीे शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँछन् । “यहाँका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि टीकापुर या लम्की जानुपर्ने बाध्यता छ । यही किन वातावरण भएन भन्ने प्रश्न उठेको छ”, उनी भन्छन्, “अब मैले कम्तीमा यही पढ्ने वातावरण बनाउन के गर्ने भन्नेबारे छलफल गर्दैछु ।”
अध्यक्ष चौधरी हरेक क्षेत्र सुधारका लागि समयको महत्व आवश्यक रहेको जनाउँदै आफूले हरेक काम समयमै गर्न थालेका बताउँछन् । “शिक्षा सुधारका लागि समय व्यवस्थापन पहिलो प्राथमिकता हो । हरेक शिक्षकले हरेक पटक कक्षामा पाँच/पाँच मिनेट समय ढिलो गरेमा हरेक विद्यार्थीको हिसाब गर्दा कति समय खर्च हुन्छ आफैँ हिसाब गरौँ न, हामीले कति समय बर्बाद गरिरहेका छौँ । मैले यस्तै सानासाना कुरामा सुधार ल्याउने कोसिस गर्नेछु ।” उनी निजी विद्यालय हेर्दा सामुदायिक विद्यालय भौतिक पूर्वाधार सम्पन्न, दक्ष, तालिम प्राप्त शिक्षक भएर पनि नतिजा दयालाग्दो आउनुको कारण के हो रु भन्ने कुरामा समेत बहस थालिने बताउँछन् । अध्यक्ष चौधरी स्वास्थ्य सेवा लिन पनि गाउँवासी लम्की र टीकापुर दौडनुपर्ने अवस्थाबाट केही राहत दिन स्वास्थ्य संस्थाको स्तरोन्नति गरिने कुरामा लगानी गर्ने बताउँछन ।
टीकापुर नगर प्रमुख रामलाल डगौरा थारु प्राविधिक शिक्षामा जोड दिने बताउँछन । “यहाँ रहेका प्राविधिक विषय अध्ययन हुने विद्यालयमा थप लगानी गर्न पालिका तयार छ । सही शिक्षा नपाएमा बालबालिकाको भविष्य बर्बाद हुने भएकाले शिक्षामा कुनै खालको कञ्जुस्याईँ गर्दैनौँ”, उनले भने, “स्वास्थ्यका क्षेत्रमा समेत थप लगानी गर्ने तयारी छ । हरेक वडामा स्वास्थ्य संस्था छन् । ती संस्थामा सबै सुविधा पाउने गरी नीतिगतरुपमै काम गर्ने तयारी छ ।”
भजनी नगर प्रमुख केवल चौधरी पनि शिक्षा र स्वास्थ्य प्राथमिकतामा रहने बताउँछन । “भजनी बजार कैलालीको पुरानो बजार हो तर यसको विकास हुन सकेको छैन, भजनीको विकासका लागि शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन आवश्यक छ”, उनी भन्छन्, ‘‘शिक्षा आर्जन गर्न बालबालिका टाढा जानुपर्ने, स्वास्थ्य सेवा लिन रातारात अन्य पालिका वा अन्य जिल्ला दौडनुपर्ने अवस्था अन्त्यका लागि पहल गर्छु । भजनी प्राथमिक स्वास्थ्य केन्द्रको विकास गर्ने योजना छ ।”
उनी भजनीका जनता निकै दुःखमा रहेको जनाउँदै विशेषज्ञ डाक्टर नभएका कारण भजनीबासी अकालमा ज्यान गुमाउन वाध्य भएकाले यी कार्य प्राथमिकता दिएर काम गर्ने बताउँछन । जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी पनि शिक्षा स्वास्थ्य पहिला प्राथमिकतामा राखेको बताउँछन । “जोशीपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुविधासम्पन्न र जनशक्ति व्यवस्थापन प्राथमिकतामा राखेर काम गर्छु”, उनले भने, “स्वास्थ्य सेवा लिन जाँदा मानिस भौतारिन नपरोस् । बिरामी अवस्थामा पनि सेवा लिनका लागि भौतारिनुभन्दा पीडा के होला रु” उहाँ शिक्षा क्षेत्रमा समेत देखिने गरी सुधार गर्ने बताउँदै, शिक्षा निशुल्क गर्ने पहिलो काम हुने बताए । “शिक्षा र स्वास्थ्यका कुरा गर्दा त्यसमा फोहरमैला व्यवस्थापन, सरसफाइका क्षेत्रमा पनि काम हुन्छ”, उनले भने, “यी सबै काम अब हामीले सबैको साथ लिएर काम गर्ने हो ।” –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्