दार्चुला । जगन्नाथ गाउँपालिका–५ बाजुराका विजयकुमार बमले यहाँको दुहुँ गाउँपालिकामा निर्माण भएको बञ्जीजम्पसहितको बहुउद्देश्यीय झोलुङ्गे पुलमा चारपटक आवतजावत गरी सके । व्यापारको सिलसिलामा डेढ वर्षदेखि यहाँ रहनुभएका बम यो पुलमा आवतजावत गर्दाको मज्जा बेग्लै भएको अनुभव सुनाउँछन् । कालागाड खोलामाथि वडा नं १ पीपलचौरी खर्रा र वडा नं ५ चल्लेगाडा जोड्ने गरी कूल ३७२ मिटर लम्बाइ र १९० मिटर उचाइमा यो पुल निर्माण गरिएको छ । “लामो पुल भएका कारण चिसो हावा खान र आवतजावत गर्न निकै सहज छ”, बमले भने, “यो पुलको निर्माण सुरु भएदेखि अहिलेसम्म पनि यो पुलमा हिँडिरहेको छु ।”
उनी मात्र होइन् अहिले यो पुल हेर्न जिल्लाभित्रका मात्र नभई जिल्ला बाहिरका मान्छे पनि पुग्ने गरेका छन् । भारतका विभिन्न क्षेत्रबाट समेत यो पुल हेर्नकै लागि आउने गरेका दुहुँ वडा नं ५ का वडाध्यक्ष कृष्णसिंह लोथ्यालले बताए । पुल निर्माण पूर्णरुपमा सकिएको नभए पनि यहाँ दिनहुँ पुल हेर्न आउने मान्छेको कमी छैन । सदरमुकाम खलङ्गाबाट एक घण्टा गाडीको यात्रापछि यो पुल निर्माणस्थलमा पुगिन्छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै निर्माण गरिएको पुल पूरा हुन अझै केही समय लाग्ने जनाइएको छ । “पुल निकै राम्रो बनेको रहेछ”, अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष देवकी ठेकरेले भने, “यति लामो पुल भए पनि हल्लिदैन ।”
यस्तै पुल अपिहिमालका वडा नं २ र ३ जोड्ने गरी बनाउनसके राम्रो हुने उनले सुनाए । “हाम्रोमा पनि पुल निर्माणका लागि प्रक्रिया यसअघि नै बढेको छ, अपि सेतु पुल बन्यो भने स्थानीयवासीलाई आवतजावत सहज मात्र नभई पर्यटक तान्न राम्रो हुने देखिन्छ”, उनले भने । दुहुँको सो पुलको लोड परीक्षण भएको छैन । बञ्जीजम्पका लागि आवश्यक पूर्वाधार अझै बनाइएको छैन । गाउँपालिकाको आर्थिक सहयोग र ट्राइल ब्रीज युनिट काठमाडौँ, हेल्बटास नेपाल तथा समाज कल्याण समाजको प्राविधिक सहयोगमा पुल निर्माण भएको हो । गाउँपालिकाको रु. दुई करोड १७ लाख र अन्य सम्पूर्ण प्राविधिक सहयोग हेल्बटास तथा सामाज कल्याण समाजको रहेको छ ।
सम्भवतः देशकै दोस्रो लामो झोलुङ्गे पुल र जिल्लाकै पहिलो लामो झोलुङ्गे पुल निर्माण भएकाले पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । झोलुङ्गे पुल बञ्जीजम्पसहितको भएकाले आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा गाउँपालिकाले गरेको छ । पुल निर्माण सम्पन्नपछि सो क्षेत्रका करिब चार हजार जनसङ्ख्या लाभान्वित हुने गाउँपालिकाले जनाएको छ । भूगोलका हिसाबले सबैभन्दा सानो तर पर्यटकीय हिसाबले महत्वपूर्ण दुहुँ गाउँपालिका रहेको छ । साहसिक पर्यटक भित्र्याउन बम्जीजम्पसहितको झोलुङ्गे पुल निर्माणले यो क्षेत्रमा पर्यटक ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।
महाकाली करिडोरअन्तर्गत निर्माणाधीन खलङ्गा–तिङ्कर सडकलाई स्तरोन्नति गर्नसके अझै यो ठाउँमा सहजै पर्यटक घुम्न आउने मार्मा–३ का खेमराज जोशी बताउँछन्ु । “ठाउँ निकै रमणीय छ, तर सडक सुधार नहुँदा आवतजावतमा निकै समस्या छ, सडकमा पूरै खाल्डाखुल्डी छन्, धुलाम्ये सडकमा आएर पनि पुल हेर्याैँ, तर यो सडकको सुधार आवश्यक छ”, उनले भने । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्