- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । डोटीबाट तस्करी शैलीमा करोडौँको काठ कैलाली पुगेको छ । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर २ मा रहेको मष्टावेदल सामुदायीक वनबाट १५ सय ३२ क्युफिट सालको काठ शनिबार कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ को चौतारीमा पुगेको हो ।
तस्करी शैलीमा ल्याईएका उक्त काठमा टाँचा समेत लगाइएका छैनन् । स्रोतका अनुसार अवैध रुपमा चोरी बाटो भएर ल्याइएका काठ चौमाला पुर्याइनेछ । कटानी गरी चौतारी पुर्याइएका काठ खोलाको रहेको मष्टावेदल सामुदायीक वनका अध्यक्ष दिपक साउँदले बताए । १७८४ दशमलव ७२ क्युफिट कटानी आदेशमा काटिएका १५ सय ३१ क्युफिट काठ बिना टाँचा जिल्ला बाहिर पुर्याएको साउँदले स्विकार गरेका छन् । तर कुनैपनि सामुदायीक वनमा कटानी गरिएका काठ बिना छपान अन्यत्र लैजानु तस्करी सरह हो ।
अध्यक्षका अनेक बाहानाः
अवैध रुपमा काठको ढुवानी गरेको भन्ने सुचनाका आधारमा हामीले वनका अध्यक्ष दिपक साउँदसँग कुरा गर्दा उनले अनेक बाहाना बनाईरहे । पहिलो उनले कटानी गरिएका काठ खोलाको क्षेत्रमा पर्ने बताए । ‘खोला बढीरहकोले हतार हतार गरी काठ निकाल्नु पर्यो’, उनले भने, ‘कटानी आदेश लगाएतका कागजातहरु म सँग सुरक्षित छन् ।’ अहिले खोला बढेर सर्वस्व बगाउने गरी सुदूरपश्चिममा वर्षा समेत भएको छैन । र उनले भनेअनुसार उक्त क्षेत्रमा खोलाको सतहलाई अहिले स्वभाविक नै मानिन्छ ।
दोस्रो उक्त सामुदायीक वन नयाँ भएकोले टाँचा नबनेको हुँदा बिना छपान काठ निकालेको उनले बताए । केहि समयको संवादमा उनले थपे, ‘टाँचा बनेर आइसकेको थियो, हतार हतारमा माल (काठ) निकाल्नको लागी कटानी क्षेत्रमा गएको हुनाले टाँचा लगाउन नसकिएको हो ।’ उनले डोटीबाट झिकाएको काठमा दुईदिनपछि कैलाली पुर्याएर टाँचा लगाएको समेत बताएका छन् । तर काठमा मंगलबारसम्म पनि टाँचा लगाइएको थिएन । कटानी गरिसकेको काठमा जिल्ला बाहिर पुर्याएर टाँचा लगाउनु नियम विपरित हुन्छ, र अर्को कुरा वनका अध्यक्षले गरेको बनावटी कुराले पनि उनको बिठ्याईलाई पुष्टी गर्छ ।
जनप्रतिनीधि वास्तविकताबाट टाढाः
डोटीको बडिकेदार गाउँपालिकाबाट झिकाइएको काठ कैलालीको चुरे गाउँपालिका वडा नम्बर २ हुँदै ४ को चौतारी भन्ने ठाउँमा राखिएको भन्ने सुचनाका आधारमा हामीले चुरेका जनप्रतिनीधिसँग पनि थप बुझ्ने प्रयास गर्यौं । उक्त विषयमा वास्तविक धेरै कुरा थाहा नभएको वडा नम्बर २ का अध्यक्ष केशव साउँदले बताए । ‘देख्न त मैले काठ ढुवानी गर्दै गरेको देखेको हुँ, ती काठमा कुनैपनि टाँचा वा छपान थिएन । ईलाका र कता कता सबैथोक मिलाईसकेको छौँ त भनेका थिए तर वास्तविक धेरै कुरा थाहा भएन’, साउँदले भने ।
त्यस्तै चुरे गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष चन्द्र लामिछानेले पनि आफुलाई उक्त विषयमा जानकारी नभएको बताएका छन् । सामान्य जानकारी आफुकहाँ पुगेको बताउँदै अध्यक्ष लमिछानेले स्वास्थ्य उपचारका लागि आफु बाहिर भएको बताए । ‘काठ वडा नम्बर ४ को चौतारीमै छ’, उनले भने, ‘चुनाव लगत्तै उचारका लागी बाहिर भएको हुनाले त्यो बारेमा धेरै केहि थाहा भएन ।’
डिभिजन वन कार्यालय धनगढी बेखबरः
काठ राखिएको चौतारी क्षेत्रमा प्रहरीसहितको टोलिले अनुगमन गरेको भन्ने सुचनाका आधारमा उक्त क्षेत्र हेर्ने डिभिजन वन कार्यालय धनगढीमा बुझ्दा सो विषयमा आफुकहाँ कुनैपनि सुचना नपुगेको कार्यालयका प्रमुख केशव पराजुलीले बताए । ‘म कहाँ त्यस्तो कुनै सुचना आएको छैन त्यसो हो भने प्रहरीलाई खबर गरिदिनुस्’, उनले भने, ‘प्रहरीले समातेपछि हाम्रो टोलि गएर तत्कालै अनुसन्धान सूरु गर्छ ।’
करोडौँ मुल्य पर्ने काठको अवैध रुपमा ओसारपसार गरिरहेको भन्ने उक्त विषयमा प्रहरीकहाँ पनि कुनै सुचना पुगेको छैन । प्रहरीसहितको टोली उक्त क्षेत्रमा पुगेको स्रोतले बताईरहँदा यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले आफुलाई कुनै जानकारी नभएको बताए । ‘त्यो बारेमा अहिलेसम्म मैलै कुनैपनि सुचना पाएको छैन’, उनले भने, ‘यो विषयमा तत्कालै बुझ्न लगाउछु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्