Skip to content
LAXMI SUNRISE BANK

पुर्व अध्यक्षको समर्थनसँगै कतिको बलियो बन्यो कैलालीमा पुष्पराज कुँवर नेतृत्वको प्यालन…?

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । जेठ २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको चुनावका लागी दुई प्यानल मैदानमा छन् । एकातिर सुरेन्द्र राठी नेतृत्वको टिम चुनावको तिव्र तयारीमा छ भने अर्कोतिर पुष्पराज कुँवरको प्यानल पनि चुनावको प्रतिक्षामा छ । यतिबेला जिल्लाको व्यवसायीक समृद्धिका लागी कुन नेतृत्व सही छ भन्ने अड्कल व्यापारीहरु गर्न थालेका छन् ।

यसैबीच चुनावी मैदानमा रहेका अध्यक्ष पदका उम्मेदवार पुष्पराज कुँवरले आफ्नो उम्मेदवारीमा कुनै स्वार्थ नभएको बताए । ‘विगतका दिनमा हामीले व्यापारीका हितमा थुप्रै काम गरेका छौँ’, उनले भने, ‘कोरोना महामारीले थला पारेको व्यापार क्षेत्रलाई उकास्नका लागी पनि हाम्रो भुमिका सकरात्मक नै थियो ।’ बीचको केहि समय देश नै अस्थिर बनेका बेला योजना अनुसारका केही काम सम्पन्न गर्न नसकेको कुँवरले बताएका छन् ।

‘हामीले तय गरेको बाटो जिल्लाको अर्थिक समृद्धिकै हो’, कुँवरले भने, ‘पदमा बस्ने मौका होईन हामीलाई काम गर्ने अवसर चाहिएको हो ।’ उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य समेत रहेको कुँवरले आफ्नो उम्मेदवारी कैलाली जिल्लाका लागी मात्र नभएर समग्र सुदूरको व्यवसायीक समृद्धिका लागी भएको समेत बताएका छन् । त्यस्तै उनले आउँदो चुनावमा आफ्नो टिमलाई पुर्व अध्यक्षहरुको समेत समर्थन भएकाले बलियो प्यानल नै आफ्नो रहेको दावी गरे ।

सम्पुर्ण कार्यकाल स्वार्थरहित व्यवसायीक समृद्धिका लागी बिताउने प्रण गर्दै आफु नेतृत्वको प्यानललाई अध्याधिक मतले विजयी गराउन समेत कुँवरले आग्रह गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK