कञ्चनपुर । लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन भएको छ । उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन् । रामकलीलाई उनीका भतिजा दिनेश रानाले फूपूलाई भेट्न जाने भनेपछि कलुवापुरसम्म मोटरसाइकलमा पुर्याएका थिए । यसपछि उनी बसमा जाने भनेर मोटरसाइकलबाट ओर्लिइन् र बस चढिन् । परिवारका सदस्यले फूपूकै घरमा पुगेकी होलिन् भनेर चासो दिएनन् ।
परिवारजनले फूपूको घरमा रामकली नपुगेको खबर पाएपछि खोजखबर गर्न सुरु गरेका छन् । जेठ २६ गते रामकलीले छिमेकी दाजु मनोहर रानाको मोबाइलमा बिहान फोन गरिन् तर बोलिनन् । “त्यसपछि लगातार फोन लगाउन खोज्यौँ बोलिनन्”, मनोहरले भने, “अझै पनि फोन गरिरहेका छौँ, फोन लागिरहेको छैन, स्वीचअफ छ ।”
खोजतलासका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा आफन्तले निवेदनसमेत दिएका छन् । प्रहरीे र आफन्तले रामकलीको खोजबिन गरिरहेका छन् । हालसम्म पत्ता लाग्न सकेको छैन । रामकलीका श्रीमान् रामसाहेव रानाको गत वर्ष मृत्यु भएका थिए । उनी १५ वर्षीय छोरासँग बस्दै आएकी छिन् । “रामकली एकाएक कता हराइन्, निकै चिन्तामा छौँ”, जेठाजु गजेन्द्र रानाले भने, “फूपूको घर जाने भनेर गएकी कता हराइन् । अहिलेसम्म सम्पर्क हुनसकेको छैन ।” –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्