टीकापुर । कैलालीको टीकापुर नगरपालिका बाढीको विपद्बाट जोगिन पूर्वतयारीमा जुटेको छ । नगरपालिकाले मनसुनको अवधिमा हुनसक्ने सम्भावित बाढी र त्यसको असर न्यून गर्न पूर्वानुमानमा आधारित पूर्वकार्य तथा विपद् उत्तरदायी सामाजिक सुरक्षासँग सम्बन्धित विस्तृत कार्ययोजना तयार गरेको हो । पूर्वतयारीका लागि नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ ३०, ३१ र असार १ गते बाढीमा कृतिम घटना अभ्यास गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले बाढीको जोखिमबाट बच्न सरोकारवाला सबै सङ्घ संस्था र संयन्त्रलाई तयारी अवस्थामा रहन आग्रह गर्नाका साथै विभागको शुक्रबारकोे मौसम अनुमानअनुसार नगरपालिका क्षेत्रमा पूर्व तयारी तथा प्रतिकार्यका लागि सबै निकायलाई जानकारी पनि दिएको छ । वर्षाले कर्णाली नदी आसपासका समुदाय डुवानमा पर्ने देखिएकाले उक्त समुदायलाई सुरक्षित राख्न पूर्वानुमानमा आधारित पूर्वकार्य सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा जेठ ३०, ३१ र असार १ गते सञ्चालन हुने कृत्रिम घटना अभ्यासका लागि सहयोग तथा समन्वय गर्न पालिकाका सबै विषयगत शाखालाई र परिचालन गरिएकोे बताएको छ ।
समुदायलाई सुरक्षित स्थानान्तरणका लागि केन्द्र निर्माण गर्न वडा नं ८ को त्रिभुवन माध्यमिक विद्यालय वटनपुरको खेलमैदान छनोट गरिएको नगरपालिका वन वातावरण तथा विपद् उपशाखा प्रमुख निर्मला चौधरीले बताए । तत्काल टीकापुरलाई डुवानबाट जोगाउन वडा नं १ मा मात्र ५६ लाख बढी रकम नाला सफा र ह्युमपाइप राख्नका लागि खर्च हुने अनुमान गरिएको नगरपालिकाका इञ्जिनीयर राजेन्द्र रावलले बताए । नगर प्रमुख खड्कबहादुर शाहले मनसुन प्रारम्भ हुने बेला भएको र पहिलो असर टीकापुरवासीलाई पर्ने भएकाले जोखिम न्यूनीकरणका लागि मौसमको सूचनाअनुसार पूर्वतयारी आवश्यक रहेको उल्लेख गरे ।
‘‘गत वर्ष पनि सूचना आएको थियो, लापरबाही हुँदा किसानको बिचल्ली भयो’’, उनले भने, ‘‘यस वर्ष मनसुनका कारण हुने क्षतिबाट जोगाउन पहिल्यै सचेत हुन आवश्यक छ । नागरिकलाई सचेत गराउनुका साथै पालिका पनि तयारी अवस्थामा रहनुपर्छ ।’’ नगर प्रमुख रामलाल डगौरा थारुले आकाशे पानीका कारण हुने डुवान कसरी निकास गर्ने, वैकल्पिक उपाय के छन् भनी प्राविधिकले लागत अनुमान बनाइसकेकाले अब निकास हुने गरी काम गरिने जानकारी दिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्