- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाका लागि अस्पतालमा सिटीस्क्यान मेशिन ल्याइएको छ । अस्पतालले खरिद गरेको मेशिन शनिबार पुगेको अस्पताल प्रशासनले जनाएको छ। सिटीस्क्यान सेवा सञ्चालनमा आएपछी अस्पतालमा सेवा लिने सेवाग्रहीलाई सहजता हुने भएको छ ।
उक्त सेवा सुरु भएपछि बिरामीले महंगो शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बाध्यताको अन्त्य हुने अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए । अस्पताल प्रमुखका अनुसार बढीमा एक महिनापछि अस्पतालबाट सिटीस्क्यान सेवा प्रदान गर्न सकिने छ । मेशिन पुगेसँगै कम्पनीले जडान कार्य पनि थालेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्