Skip to content
LAXMI SUNRISE BANK

उद्योग वाणिज्य संघ कैलारीले बुझायो गाउँपालिकालाई ७ बुँदे ज्ञापन पत्र

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलारी उद्योग वाणिज्य संघले गाउँपालिकालाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । बुधवार संघको आयोजनामा सम्पन्न नवनिर्वाचित पदाधिकारिलाई बधाई तथा शुभकामना कार्यक्रममा संघका अध्यक्ष नेपालु चौधरीले गाउँपालिका अध्यक्ष राज समझ चौधरीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले नयाँ आर्थिक वर्षको सुरुवातसँगै गाउँपालिकामा उज्यालो कार्यक्रमलाई उच्च प्राथामिकताका साथ अगाडी बढाउने बताएका छन् । ‘गाउँपालिकामा उज्यालो अभियान सञ्चालनका लागि विद्युत प्राधिकरणसँग आन्तरिक समझदारी भइसकेको छ’, उनले भने, ‘अव विगतमा जस्तो गाउँपालिकामा हुने चोरीका घटनालाई निरुत्साहित गर्छौं ।’ त्यस्तै अध्यक्ष चौधरीले छिट्टै हसुलिया बजारमै विद्युतु महशुल तिर्ने व्यवस्था मिलाउने समेत बताएका छन् ।

चौधरीका अनुसार निकट भविष्यमा गाउँपालिका र उद्योग वाणिज्य संघको पहलमा व्यापारिक प्रवद्र्धनका लागि महोत्सव सञ्चालन गरिनेछ । ‘गाउँपालिकाकाको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि होम स्टे समेत सञ्चालन गर्छौं’, चौधरीले भने, ‘गाउँपालिकाको समग्र विकास नै हाम्रो मुख्य प्राथामिकता हुनेछ ।’

कार्यक्रममा कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवति कुमारी चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रहरी, समाजसेवी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ कैलारीको दोस्रो साधारण सभाबाट नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिइएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK