दार्चुला । दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालयले एक वर्षदेखि जोखिमपूर्णरुपमा विद्यालयमा पठनपाठन गर्दैआएको छ । गत वर्ष भदौ दोस्रो साता गएको बाढीपहिराका कारण सो विद्यालय जोखिमपूर्ण अवस्थामा छ । पहिराले पर्खाल भत्काउनुका साथै विद्यालय परिसर आधा कटान गरेको छ ।
शिशु कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको भवनमा समेत क्षति पुगेको छ । “विद्यालयमा खानेपानी र शौचालयसमेत छैन । शौचालय नहुँदा विद्यार्थी र शिक्षक खोलामा गएर शौच गर्नुपर्ने बाध्यता छ”, प्रधानाध्यापक जङ्गबहादुर बमले भने । भवनको वरपर पहिरो गएको छ । “अहिले जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्दैछौँ”, बमले भने ।
विद्यालयमा हाल ७७ विद्यार्थी अध्ययनरत छन् । अघिल्लो शैक्षिकसत्रमा १२० भन्दा बढी विद्यार्थी अध्यनरत थिए । “बाढीपहिरोपछि नरुली र बत्थोली गाउँबाट विद्यार्थी आउन मानेका छैनन्”, प्रअ बमले भने । बाटोघाटो अभावका कारण पनि विद्यार्थी आउन मानेका छैनन् । खेलमैदान नहुँदा विद्यार्थीलाई खेल्न समस्या भएको छ । विद्यालयमा हाल तीन शिक्षक कार्यरत छन् । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्