- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । मंगलबार रातिदेखी परेको वर्षाका कारण भएको डुबानको अवस्था अनुगमन गर्न धनगढी १८ का अध्यक्ष भुवन रिजाल र समाजसेवी कृष्ण पाण्डे डुबान क्षेत्रमा पुगेका छन् ।
वडाभित्र भएका डुबान क्षेत्रको स्थलगत निरिक्षण गर्नुका साथै अध्यक्ष रिजाल र पाण्डे उद्धार कार्यमा समेत संलग्न भएका छन् । ‘अव्यवस्थित नालाका कारण डुबानको समस्या बढी देखिएको छ’, अध्यक्ष रिजालले भने, ‘हामी फिल्डमै छौँ सकेसम्म क्षति रोक्नेमा हाम्रो जोड हुनेछ ।’ यस्तै डुबान क्षेत्रमै रहेका पाण्डेले निरिक्षणसँगै पानी निकासाका लागि समेत पहल गरिरहेको बताएका छन् । ‘डुबान भएका अधिकांश क्षेत्रमा पानी निकासा गरिसकेका छौँ’, उनले भने, ‘बाँकी क्षेत्रको अनुगमन प्रश्चात अवस्था अनुसार तयारी गर्छौँ ।’
मंगलबार भएको वर्षाका कारण धनगढी १८ को एफ गाउँ, २५ घर, ई गाउँ लगाएतका ठाउँमा डुबानको समस्या देखिएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले पनि केही दिन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना देखाएकाले सर्तक रहन समेत अध्यक्ष रिजालले आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्