×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असहमतिकैबीच पारित भयो धनगढी उपमहानगरको बजेट, नगरप्रमुखले बहुमतको दम्भ देखाएको आरोप…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

असहमतिकैबीच पारित भयो धनगढी उपमहानगरको बजेट, नगरप्रमुखले बहुमतको दम्भ देखाएको आरोप…

Artha Sarokar

२० असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । सोमबार असहमतिकैबीच धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९८० को बजेट पारित भएको छ । उपमहानगरपालिकाकी उपप्रमुखसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुको असहमतिकैबीच बजेट पारित गरिएको हो । 

आज बसेको नगरपालिकाको आठौं नगरसभाको तेस्रो बैठकमा उपप्रमुखसहित एमालेका जनप्रतिनिधीहरुको असहमति रहँदा रहँदैपनि नगरप्रमुख गोपाल हमालले बहुमतले बजेट पास भएको घोषणा गरे । नगरसभाको सुरुवातदेखी नै बजेट तर्जुमा गर्दा आफ्नो सल्लाहबिनै एकलौटी रुपमा बजेट तर्जुमा गरेको भन्दै रानाले आपत्ति व्यक्त गरेकी थिईन् । 

दिउँसो नगरसभाको बैठक चलिरहँदा उपप्रमुखसहित एमालेका जनप्रतिनिधीहरुले विरोध जनाएर सभा बहिस्कार गरेपछि तनाव सृजना भएको थियो । त्यसका बाबजुत पनि एकलौटी रुपमा पदिय मर्यादा बिर्सिदै नगरप्रमुखले बजेट पारित गरेको उपप्रमुख रानाले आरोप लगाएकी छिन् । 

मेयरसाप र हाकिमसाप दुवैजना मिलेर मलाई एक्लो बनाए‘, उपप्रमुख रानाले भनिन्, ‘बहुमतको दम्भ देखाएर फेरीपनि नगरप्रमुखले जनताको आशामाथी कुठाराघात गरेका छन् ।‘ ‘वार्षिक कार्यक्रम पुस्तिका विधि र प्रक्रिया विपरित छ । कानुनसंवत म योजना तर्जुमा संयोजक भएपनि संविधानले दिएको अधिकारबाट नगरप्रमुखले मलाई बञ्चित गरेका छन् । अन्तिममा नेपाली कांग्रेसका जनप्रतिनिधीहरुले बजेट पारित गर्न दबाब दिएपछि नगरप्रमुखले बहुमतका आधारमा बजेट पारित भएको घोषणा गरेका हुन्‘- रानाले भनिन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी