×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीका तीन पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु, चेक लिनुपर्ने बाध्यताको अन्त्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैतडीका तीन पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु, चेक लिनुपर्ने बाध्यताको अन्त्य

Artha Sarokar

२१ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्न सुरु गरिएको दोगडाकेदार गाउँपालिकाका लेखा अधिकृत पदम कार्कीले जानकारी दिए । चेकमार्फत कारोबार झन्झटिलो हुँदै आएकामा अब भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुनेछ ।

महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकामा यहाँका तीन पालिकाले एक महिना अगावै विद्युतीय भुक्तानी सुरु गरेको हो । अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि पालिका धाउनुपर्ने समस्याको समेत अन्त्य भएको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए ।

विद्युतीय भुक्तानी सुरु भएसँगै उपभोक्ताहरुले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको अन्त्य हुनाका साथै पारदर्शिता र सुशासन कायम गर्न सहयोग मिल्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदको विश्वास रहेको छ । उनले भने, “विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्छ, चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटोछरितो हुनाका साथै प्रक्रियागत झन्झट कम गरी कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिने विश्वास लिएका छौँ ।” जिल्लाका अन्य स्थानीय तहहरुले पनि विद्युतीय भुक्तानी सेवा सुरु गर्ने तयारी भइरहेको जनाएका छन् । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी