- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
डडेल्धुरा । डडेल्धुरामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीले जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थित समैजी कैलास सममुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्बजित मडैलाई सांकेतिक कारबाही गरेको जानकारी दिएको हो ।
पार्टीको डडेल्धुरा जिल्ला संगठन समिति अन्तर्गतको न्यायिक समितिमा परेको वनको कोषमा भएको रकम हिनामिना भएको भन्ने जाहेरीका आधारमा सुक्ष्म अनुसन्धान गर्दा अध्यक्ष मडैले किर्ते हस्ताक्षर गरी समितिको खातामा रहेको २२ लाख रुपैँया हिनामिना गरेको पुष्टी भएपछि सांकेतिक कारबाही गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै ‘अध्यक्ष मडैको भ्रष्टाचार पुष्टी भएर सांकेतिक कारबाही गरि आगामी साउन २४ गतेभित्र सम्पुर्ण रकम फिर्ता नगरे अर्को कदम चाल्ने चेतावनी निज भ्रष्टाचारी सर्वजित मडैलाई सांकेतिक कारबाही गरीएको व्यहोरा विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्