कैलाली । कैलालीका भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलनमा कमी आएको छ । दुईवटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७८/०७९ मा ती कार्यालयलाई भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको हो ।
आव २०७८/०७९ मा विभागले रु. ११ अर्ब ८२ करोड राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकामा तोकिएभन्दा कम रु. नौ अर्ब ५८ करोड मात्र राजस्व उठेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी अम्बिका केसीले जानकारी दिए । “यस वर्ष लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । यस वर्ष सङ्कलन भएको राजस्व लक्ष्यको ८१ प्रतिशत मात्र हो”, उनले भने्, “यस वर्ष राजस्व लक्ष्यभन्दा कम उठेको छ ।”
अर्को खक्रौलास्थित सत्ती भन्सार कार्यालयबाट पनि लक्ष्यअनुसार राजस्व उठेको छैन । उक्त कार्यालयलाई गत आर्थिक वर्षमा रु. २० करोड ५८ लाख, ६१ हजार राजस्व उठाउन भनिएकामा रु. १० करोड, ६७ लाख, ९३ हजारमात्र राजस्व उठेको छ । यो लक्ष्यको ५२ प्रतिशत मात्र भएको भन्सार प्रमुख विमलकुमार शाहले जानकारी दिए ।
“फागुनदेखि चैतसम्म कोरोनाको असर, विदेशी मुद्रामा परेको दवावका कारण राष्ट्र बैंकले १० वटा वस्तु आयातमा लगाएको रोक लगाएको थियो । यी लगायत विविध कारणले भन्सारमा सामान नआउँदा लक्ष्यअनुसार राजस्व उठाउन सकिएन”, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी केसीले भने, “धेरै सामान आयात भएमा धेरै राजस्व सङ्कलन हुन्थ्यो, आयात कम भएकाले राजस्वसमेत घटेको हो ।”
यी भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहुँ, पापड भुजिया, दालमोठ, बिस्कुट, आलुजस्ता खाद्य वस्तुको आयात धेरै हुने गरेको छ, निर्यात भने न्यून मात्रामा हुने गरेको र त्यसबाट नगन्य मात्रामा मात्र राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्