डोटी । जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मकै हुर्किने र घोगा लाग्ने बेलामा जङ्गली जनावरले खाएर तथा भाँचेर नष्ट गर्न थालेपछि किसानलाई समस्या भएको छ ।
जिल्लाका बोगटान फुड्सिल, जोरायल, बर्छैन, कपल्लेकी, रानागाउँ, कुलाउ, जमलकटिया, काफली, बुहारगाउँ, सलेना, गड्सेरा, कलेना, बाझ, कुडासैन, सायल, पूर्वीचौकी, मन्नाकापडीलगायतका स्थानमा जङ्गली जनावरले मकैबाली, कोदो, धान, भटमास, पिडालु, आलुलगायतका बाली तथा तरकारी नष्ट गरेपछि समस्या भएको मन्नाकापडीका प्रकाशबहादुर मन्नीले बताए । उनले भने, “राति आएर जङ्गली जनावरले खेती खाएर नष्ट गर्न थालेका छन्, मार्न पाइँदैन, हामीलाई निकै सास्ती भएको छ ।”
खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले प्रत्येक वर्ष बालीनाली खाएर नष्ट गर्ने गरेको भए पनि सरकारले क्षतिपूर्ति नदिने गरेको किसानको गुनासो छ । यतिमात्र नभई दिउँसोको समयमा बाँदरले मकैका घोगा खाने तथा बोट भाँचिदिने गरेका कारण किसानलाई झनै समस्या भएको केआइसिंह गाउँपालिकाका काफलीका स्थानीयवासी जहरसिंह खवासले जानकारी दिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्