भजनी । गएको जेठ २८ र असार २ गतेको हावाहुरीका कारण कैलालीको टीकापुरका टेकेन्द्र धामीले लगाएको केरा खेतीमा ठूलो क्षति पुग्यो । पचपन्न बिघा जमिनमा लगाइएको अधिकांश केरामा क्षति पुगेपछि उनलाई निकै चिन्तित बनायो । उत्पादन दिनेबेला प्राकृतिक प्रकोपका कारण केरा नष्ट भएपछि काम गर्ने जागर नै मर्यो । टेकेन्द्रले केरा खेतीसँगै टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरेका हजारौँ केराका बिरुवा समेत नष्ट भए तर केराको बीमा गरिएका कारण आज उनले ठूलो राहतको महसुस भएको बताएका थिए ।
“केराको बीमा गरिएका कारण आज यसै पैसामा जीवित रहने बाटो खुलेको छ । धेरै नभए पनि अलिकति राहत हुने आधार बीमाले दिएको छ ।” टेकेन्द्रले भने, “राम्रो इन्स्योरेन्स कम्पनीमा बीमा गर्दा किसानले बीमा दाबी भुक्तानी पाउने रहेछन् भन्ने विश्वाससमेत लागेको छ ।” उनले गत माघ महिनामा केराको शिखर इन्स्योरेन्स कम्पनीमा बीमा गराएका थिए ।
जेठ महिनामा केरा खेती नष्ट हुँदा कम्पनीले उनलाई रु. नौ लाखको बीमा दाबी भुक्तानी गरेको छ ।टेकेन्द्रले केराको एउटा बोटको उत्पादन मूल्य रु. ६०० हुने भए पनि प्रतिबोट १७६ रुपियाँ पाउँदा पनि कृषिमा सुरक्षाको महसुस भएको बताएका छन् । शिखर इन्स्योरेन्समा बाली बीमा गरेका टीकापुरका अन्य छ किसानले पनि रु. १९ लाख ४२ हजार ३६६ भुक्तानी पाएका छन् ।
सिद्धिविनायक केरा फार्मका सञ्चालक पार्वती जैसीले बीमाको रकम पाएपछि केरा खेती निरन्तर गर्ने आत्मबल बढेको बढेको बताए । “कृषि बीमा पहिले पनि गरिन्थ्यो तर क्षति पुग्दा भुक्तानी लिनै कठिन हुने भएकोले त्यसमा लाग्नै छोडेका थियौँ ।” उनले भने, “अहिले प्राप्त भएको बीमा दाबी भुक्तानीले नष्ट भएको खेती विस्तार गर्नका लागि सहयोग पुग्ने भएको छ ।”
जिल्ला केरा व्यवसायी सङ्घका अध्यक्ष दीपेन्द्र थारुले यसअघि कतिपय बीमा कम्पनीले बीमा नै नगरिदिने र गरिहाले पनि बैंक प्रयोजनका लागि मात्रै भनेर भुक्तानी नपाइने अवस्था रहेको बताए । उनले सयौंँ किसानलाई केही बीमा कम्पनीले ठगेको गुनासो गर्दै केराको बीमा गर्दा केराको मात्र नगरी त्यहाँका अन्य संरचनालगायतको बीमा गरेर किसानलाई ठगेको उल्लेख गरे ।
“केही व्यवसायी नै बीमा कम्पनीमा लागेका छन् । उनीहरु आफ्नो व्यवसायको बीमा अर्कै कम्पनीसँग गर्ने र अरुलाई भने आफू काम गर्ने कम्पनीमा बीमा गर्न प्रेरित गर्दै आएका थिए ।” अध्यक्ष थारुले केरा किसानका लागि बीमा भुक्तानी घाइतेलाई प्राथमिक उपचारजस्तै भएको बताउँदै अधिकांश किसानले बैंकबाट ऋणका लागि मात्रै बीमा गरेकोजस्तो देखिएको बताए ।
बीमा समितिका सुदूरपश्चिम कार्यालय प्रमुख ओमबहादुर अधिकारीले केही कम्पनीका कारण बीमा ग¥यो भने दाबी पाइदैन भन्ने गुनासा आइरहे पनि त्यसलाई निरुत्साहित गर्न किसान आफै लाग्नुपर्ने बताए । उनले बीमा दाबीलाई कम्पनीले छोटो अवधिमै भुक्तानी दिनुपर्ने बताउँदै चालु वर्षदेखि केरा प्रतिबोट बीमा २४५ रुपियाँ भएको पनि उनले जानकारी दिए ।
समयमै बीमा दाबी दिन पाएकोमा कम्पनी पनि खुसी रहेको शिखर इन्स्योरेन्सका सुदूरपश्चिम प्रबन्धक डिल्लीराज शर्माले बताए । बीमा रकम हस्तान्तरण गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले हरेक वर्ष नोक्सान व्यहोर्दै आएका टीकापुरका किसानलाई छोटो अवधिमै बीमा भुक्तानी दिएकोमा किसान आकर्षित हुने बताउँदै शिखर इन्स्योरेन्सलाई टीकापुरमै शाखा खोल्न आग्रह गरे । केराको पकेट क्षेत्र हावाहुरीले टीकापुरमा बसेिन केरामा ठूलो क्षति गरिरहेको थियो । बीमाबापत रकम पाएको भने यो पहिलो पटक हो । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्