डोटी । पछिल्लो केही दिन यतादेखि डोटीमा कोदो रोप्न सुरु गरिएको छ । धान रोपाइँ सकेर फुर्सद पाएका यहाँका किसानलाई अहिले कोदो रोप्न भ्याइँनभ्याइ छ । यहाँका पानी नलाग्ने तथा पाखो जमिनमा अहिले किसानले कोदो रोप्न सुरु गर्न थालेपछि गाउँघरका पाखो जमिन हरियाली हुन थालेका छन् । कृषि ज्ञानकेन्द्रका अनुसार अहिलेसम्म जिल्लाका ४५ प्रतिशत खेतीयोग्य जमिनमा कोदो रोपिसकिएको छ ।
केन्द्रका प्रमुख नरेन्द्र पनेरुका अनुसार जिल्लामा एक हप्तादेखि किसानले कोदो रोप्न थालेका र सबैभन्दा बढी कपल्लेकी, निरौली, गड्सेरा, आदर्श, बोगटान, रानागाउँ, पूर्वीचौकी क्षेत्रमा कोदो उत्पादन हुँदै आएको छ । जिल्लामा यो वर्ष समयमै पानी परेकाले धान पनि छिटो रोपिएको र अहिले किसान कोदो रोप्न व्यस्त रहेको केआइसिंह गाउँपालिका–५ की वासिन्दा माधवी चन्द शाहीले बताए ।
उनले भने, “समयमै पानी पर्दा धान रोपाइँ पनि सकियो, अहिले हामी कोदो रोप्नमै व्यस्त छौँ, यो वर्ष खेती राम्रै होला भन्ने आशा गरेका छौँ ।” हिजोआज यहाँका किसान दिउँसोको समय आफ्नो पाखो खेतबारीमै कोदो रोप्न व्यस्त भइरहेका जोरायल गाउँपालिका–६ खसरेका हर्कबहादुर बोहराले बताए । उनले भने जिल्लाका किसानले ढल्लो, स्थानीय र ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीय कोदोको बीउ रोप्ने गरिएको केन्द्रले जनाएको छ ।
डोटीमा करिब चार हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा कोदो लगाउँदै आइएको र उक्त जमिनमा कम्तीमा पनि करिब पाँच हजार मेट्रिकटनभन्दा बढी कोदो उत्पादन हुने गरेको उक्त केन्द्रले जनाएको छ । उता दिपायल राजपुरस्थित सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले कोदोमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणाबढी क्याल्सियम पाइने गरेको बताए ।
उनका अनुसार कोदोमा मकैभन्दा तीन दशमलव सात गुणा, चामलभन्दा दुई दशमलव तीन गुणा र गहुँभन्दा एक दशमलव पाँच गुणा बढी आइरन पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अङ्ग्रेजीमा मिलेट भनिने कोदोमा प्रोटिन र भिटामिनका साथै खनिज तत्व रहेको कृषि प्राविधिक बताउँछन् । सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने स्वास्थ्यकर्मी बताउँछन् । कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा उत्पादन गर्न सकिने बताइएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्