×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जङ्गली जनावरले बालीनाली खाएपछि किसान चिन्तित, क्षतिपूर्ति पाउन नसकेको किसानको गुनासो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जङ्गली जनावरले बालीनाली खाएपछि किसान चिन्तित, क्षतिपूर्ति पाउन नसकेको किसानको गुनासो

Artha Sarokar

१८ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

बैतडी । बैतडीमा जङ्गली जनावरले बालीनाली सखाप पार्न थालेका छन् । बँदेल, बाँदर र दुम्सीले बालनाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् ।

खास गरेर मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली ती जनावरले नष्ट गर्न थालेका छन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली र अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेका दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका हरिश जोशीले बताए । जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानलाई धौधौ परेको छ । उनले भने, ‘दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन धौधौ परेको छ । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको छ ।’

पाक्नै तयारीमा रहेको मकैलाई जङ्गली जनावरले नष्ट गर्न थालेपछि समस्या भएको छ । उनले भने,’जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ, रातको निद्रा छैन, दिनमा भोक छैन ।’ मकैको घोका लागेको बेलादेखिनै जङ्गली जनावरले मकैबाली नष्ट गर्न थालेपछि भोकमरीको चिन्तामा किसान रहेका छन् । बाँदर र बँदेलले लगातार रुपमा मकैबाली नष्ट गर्न थालेपछि ती जनावरलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको दशरथचन्द नगरपालिका– ५ का रमेश भट्टले जानकारी दिए ।

रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसानले बताएका छन् । टहरा बनाएर रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल रहेको सुर्नया गाउँपालिकाका स्थानीय बासिन्दा सुरेश महराले बताए । ‘बाँदर धपाउन सबै काम छोडेर आफूहरुले मकैको गोठालो लाग्नु परेको छ । रातभरी खेतमै बस्नु परेपछि बाजागाजाका साधन टहरोमै लगेर गीत गाएर बस्ने गरेका छौँ । ‘ उनले भने,’हरेक वर्ष बँदेल धपाउन पहरा बस्ने गरेका छौँ । थाल ठटाउने पनि गरिएको छ ।’

बाँदरले मकैबालीसँगै आँप, अनार, लगायतका फलफूल पनि नष्ट पार्ने गरेको पाटनकी स्थानीय भागरथी भट्टले जानकारी दिए । वर्षेबालीका साथै फलफूल पनि जङ्गली जनावरले नष्ट गर्ने र जङ्गलमा मेलापात जान पनि जङ्गली जनावरको डर हुने गरेको छ । उनले भने,“ बालीनाली र फलफूल त सखाप पार्दै गएका छन् घासँ, दाउराका लागि जङ्गल जानसमेत जङ्गली जनावरको डर हुने गरेको छ ।” वर्षेबाली जङ्गली जनावरले नष्ट गर्न थालेपछि किसान भोकमरीको समस्या उत्पन्न हुने चिन्तामा रहेका छन् ।

साँझ बिहानको छाक टार्नको लागि लगाएको मकै बाली बँदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानको भनाइ छ । विभिन्न रोग कीराबाट बचाएर पाक्न लागेको मकैबाली जङ्गली जनावरले नष्ट पारेको हो । जङ्गली जनावरको आतङ्क बढ्दै गएकोले नियन्त्रणको लागि स्थानीय तहले पहल गरिदिनुपर्ने उनीहरुको माग रहेको छ । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको उनीहरुको गुनासो छ । स्थानीय सरकारले पनि बालीनाली जोगाउने योजना ल्याउन सकेका छैनन् । किसानले बर्सेनि बालीनालीमा क्षति बेहोर्दासमेत सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् ।

स्थानीय सरकारले किसानका समस्या समाधान गर्न नसकेको दोगडा केदारका किसान इन्द्रदेवशरण भट्टले बताए । उनले भने,“मेहनत गरेर लगाएको बालीनाली र फलफूल जङ्गली जनावरको बथानले क्षणभरमै सखाप पार्ने गरेको छ, स्थानीय सरकारले यसबारे कुनै योजना बनाउन सकेको छैन्, ।”

बालीनालीमा क्षति पुगेको भए पनि स्थानीय तहबाट किसानले कुनै राहत पाउदैनन् । बाँदर जङ्गली बँदेल धपाउनका लागि कुनै विकल्प खोजेको छैनन् । किसानले बँदेललाई मार्नका लागि आग्रह गरेको भए पनि कानुनी रुपमा मार्न नमिल्ने बताउँदै आएका छन् । जिल्ला सदरमुकाममा रहेका दशरथचन्द नगरपालिकाले भने बाँदर धपाउनका लागि बन्दुक किनेको दशरथचन्द नगरपालिका –६ का अध्यक्ष महेन्द्र कार्कीले जानकारी दिए ।

उनले भने,’दशरथचन्द नगरपलिका क्षेत्रमा वर्षौंदेखि बाँदरको आतङ्क छ, बाँदर धपाउन पड्काउनेवाला बन्दुक किनेको र यो बन्दुकले केही हदसम्म बाँदर भागेर जान्छन्, तर पूर्ण रुपमा नियन्त्रण गर्न सकिएको छैन् ।’ जङ्गल नष्ट हुँदा खानेकुराको अभावमा जङ्गली जनावर खेतबारीमा पस्ने गरेको बैतडी रहेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । उनले भने,’जङ्गल नष्ट हुँदा आहारका लागि जङ्गली जनावर गाउँ पस्ने गर्दछन्, वनजङ्गल संरक्षण गर्न सके केही हदसम्म कम हुनसक्छ ।’ –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी