×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीका आठ स्थानीय तह पहिराको उच्च जोखिममा, सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैतडीका आठ स्थानीय तह पहिराको उच्च जोखिममा, सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

Artha Sarokar

२२ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले आठ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको थियो । जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्य जोखिममा रहेका छन् ।

यस्तै जिल्लाका ती स्थानीय तहमा बाढीको समेत जोखिम रहेको उल्लेख गरिएको छ । सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्य तहको तुलनामा बाढीको जोखिम रहेको बताइएको छ । त्यहाँको स्थानलाई विगतका वर्षमा पहिरो र बाढीले गरेको क्षति र विभिन्न सर्वेक्षणका आधारमा उच्च र मध्यजोखिम भनेर छुट्याइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने,“ उच्च र मध्य जोखिम छुट्याइएका छौँ, सोही आधारमा सम्बन्धित स्थानीय तहलाई पूर्वतयारी गर्न भनिएको छ । साथै सुरक्षित स्थानको पहिचान पनि गर्न आग्रह गरेका छौँ । ”

वर्षात्को समयमा विपद्का घटना हुनसक्ने भएकाले सम्भावित घटनाबाट जोगिनका लागि आवश्यक उपाय अपनाउन जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ । पहिरोका कारण विगतमा जनधनको क्षति भएकामा अहिले पनि पहिरोको जोखिम बढिरहेकोले सतर्क हुन आग्रह गरिएको छ । गत वर्षमात्रै जिल्लामा पहिरोमा परेर चार जनाको मृत्यु भएको र करोडौँको सम्पति र कृषिबालीमा क्षति पुगेको थियो । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी