×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राष्ट्रघाती’ निर्णय फिर्ताको माग गर्दै ६ दलको प्रदर्शन, सरकार सचेत नभए आन्दोलनको स्वरुप परिवर्तन गर्ने चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘राष्ट्रघाती’ निर्णय फिर्ताको माग गर्दै ६ दलको प्रदर्शन, सरकार सचेत नभए आन्दोलनको स्वरुप परिवर्तन गर्ने चेतावनी

Artha Sarokar

२६ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । नागरिकता विधेयकको विरोध गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । बिहिबार धनगढीमा राष्ट्रघाती नागरिकता विधेयक तथा एमसीसी र एसपीपी खारेजीको माग गर्दै नेकपा बहुमत सहितका ६ दलले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, एमसीसी–एसपीपी खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर लगायतका नारा लगाएका थिए । धनगढीको चौराहबाट सुरु भएको विरोध र्याली पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो । ‘सरकारको राष्ट्रघाती निर्णको विरोधस्वपको यो पहिलो चरण हो । राष्ट्रको हित विपरित गरिएका सबै निर्णय सरकारले खारेज गर्नुपर्छ ।’ नेकपा बहुमत कैलालीका जिल्ला संयोजक प्रकाश रावल (अनमोल)ले भने –‘सरकाले राष्ट्र र राष्ट्रियता विरुद्धमा गर्ने कुनैपनि निर्णय स्विकार हुनेछैन । तत्कालि यी निर्णय फिर्ता नलिए समान्य आन्दोलनले जटिल रुप लिन सक्छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी