बैतडी । बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो ।
नगरकार्यपालिकाको पहिलो बैठकले नगरभित्र सञ्चालन हुने योजनाको उपभोक्ता समिति अध्यक्षमा महिलामात्रै राख्ने निर्णय गरेको कार्यवाहक नगरप्रमुख कमलसिंह बोहराले जानकारी दिए । नगरपालिकाले वडालाई पत्र लेख्दै अगामी भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ भने उपभोक्ता समितिमा महिला अध्यक्ष राख्ने निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ । उनले भने, ‘महिलामात्रै अध्यक्ष हुने नीति ल्याएका छौँ, कार्यान्वयन गर्न सबैलाई आग्रह छ । यसले महिलालाई विकास निर्माणका काममा सहभागी र उनीहरूको क्षमता अभिवृद्धिका लागि सहयोग पुग्छ ।’
चालु आवमा उपभोक्ता समितिबाट काम गराउनुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै राख्नुपर्ने निर्णय गत जेठ १६ गते बसेको प्रथम कार्यपालिका बैठकले गरेको थियो । सो बैठकको निर्णय नं १० मा उपभोक्ता समितिमा महिलामात्रै अध्यक्ष हुनुपर्ने उल्लेख गरिएको छ । सबै वडा कार्यालयलाई भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न र त्यस्तो समिति गठन गर्दा महिलामात्रै अध्यक्ष बनाउन आग्रह गरिएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्