- अर्थ सरोकार सुदूरपश्चिम ब्यूरो
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा सडक बत्ती जडानको कार्य सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्रमा रातिका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि सडक बत्ती जडानको कार्य अगाडि बढाइएको हो । बजार क्षेत्रका हरेक टोल–टोलमा आवश्यकतका आधारमा सडक बत्ती जडानको गर्ने कार्य थालनी गरिएको हो ।
सो क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणसँगै चोरीलगायतका विभिन्न अवाञ्छित कार्य रोक्नका लागि स्थानीय बासिन्दाको मागका आधारमा सडक बत्ती जडानकार्य अगाडि बढाइएको वडाध्यक्ष सुशील भट्टले बताएका छन् । “रातिका बेला सडक दुर्घटना हुनसक्ने सम्भावित क्षेत्रमा सेन्सरयुक्त र सेन्सर नभएका बत्ती जडान भइरहेको छ”, उनले भने, “पहिलो चरणमा दुई सय ५० स्थानमा सडक बत्ती जडान गर्ने योजना बनाएका छौँ, अरु क्षेत्रमा आवश्कताका आधारमा सडक बत्ती जडान गर्छौँ ।” बत्ती जडानकार्य सुरु गरिएको दुई दिनको अवधिमा ५० वटा सडक बत्ती जडान कार्य सम्पन्न भइसकेकोे छ ।
विद्युत्को कार्य गर्ने दक्ष जनशक्तिको अभावमा बत्ती जडान कार्यमा ढिलाई भएको छ । नगरपालिकामा दुईजना मात्रै प्राविधिक भएकाले छिटोछरितोरूपमा बत्ती जडान हुन नसकिरहेको उनले बताएका छन् । अन्य वडामा समेत सडक बत्ती जडान भइरहेकाले प्राविधिकले समय दिन नसक्दा काममा विलम्ब भइरहेको उनको भनाइ छ । बत्ती जडानसँगै वर्षौँदेखि सरसफाइ नगरिएका बजार क्षेत्रका नाली सरसफाइसमेत अगाडि बढाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्