- अर्थ सरोकार सुदूरपश्चि ब्युरो
कैलाली । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका उमेदवार नारदमुनी रानाले परिवर्तन नदेख्नेहरुका लागि बेहडाबाबा मन्दिर नै काफि रहेको बताएका छन् ।
आफ्नो पाँच वर्षको कार्यकालमा कैलाली क्षेत्र नम्बर ५ मा उल्लेखनीय काम भएको रानाको दाबी छ । ‘मलाई झुटो बोल्न आउदैन, बेहेडबाबा लगायत विद्यालयहरुका भवन बनाएका छौँं । बाटो बनायौँ, म भन्दा अघि जितेका हरुले के काम गरे ? र मेरो कार्यकालमा के काम भयो ? मुल्यांकन गर्नुहोस्’, उनले भने, ‘परिवर्तन भएन भन्नेहरुका लागि बेहडाबाबा मन्दिर काफी छन् ।’
आफू निर्वाचित भएको पहिलो बर्षमै नदि तटबन्ध गर्ने बताएका छन् । धनगढी उपमहानगरपालिका १६ स्थित जलघुसरा केराबारी टोलमा जनताहरुलाइ सम्बोधन गर्दै उनले यश बस्तिमा रहेको चौमाला नदिले गरेको कटान रोक्न तटबन्धका लागि पहिलो बर्षमै बजेट बिनियोजन गर्ने बताएका हुन् ।
नदि तटबन्ध गर्नका लागि बजेट पठाएपनी पूरा कामका लागि बजेट अपुग भएपछि सोही बजेटमा अन्यत्रै काम सम्पन्न भएको रानाले बताए । ‘भूमिहिनको समस्या समाधान गर्न मैले २०७४ सालको निर्वाचनमा भनेको थिएँ’, उनले भने, ‘एमालेको सरकार भएको बेला भूमी आयोग गठन गरेर जग्गा धनी पुर्जा दिने प्रक्रिया थाल्यो तर बिचमा हाम्रो सरकार ढालियो र भूमी आयोग नै विघटन गरियो ।’
अघिल्लो निर्वाचनको जितसँगै शिवनगरमा सामुदायिक भवन, एउटा चर्च भवन तथा विभिन्न क्षेत्रमा रणनितिक पूर्वाधार निर्माण गरेको बताउँदै रानाले केन्द्रीय सरकारबाट गर्नसक्ने र हुने कामका लागि आफुले कुनै कसर बाँकी नराखेको बताए । ‘विकास र परिवर्तन कसले चाहँदैन र ? सबैको इच्छा हुन्छ, आफुले चाहे अनुसारको समृद्धि होस् भन्ने’, उनले भने, ‘देशमा तीन तहको सरकार छ, सबैको आ–आफ्नै कार्यक्षेत्र छन् । संघ सरकारबाट हुने कामका लागि मैले कन्जुस्याई गरेको छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्