Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा ७ लाख बढीको अवैध सामान बरामद

अर्थ सरोकार

  • भूमिदत्त तिवारी/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा साढे सात लाख बराबरको अवैध सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका १४ मा खुला सिमानाका प्रयोग गरी भित्र्याइदै गरेको अवैध सामान बरामद गरिएको हो ।

खुला सिमानाकाबाट हुने अवैध चोरी/तस्करी नियन्त्रण गर्न खटिएको टोलीले सामान बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी फुलवारीका सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र बहादुर भण्डारीले जानकारी दिएका छन् । भण्डारीका अनुसार अवैध रुपमा भन्सार छली गरी नेपालतर्फ ल्याइदै गरेको २ लाख ४० हजार मूल्य बराबरको प्रोटिन र पाँच लाख मूल्य बराबरको पेट्रोल अटो बरामद गरिएको हो ।

बरामद गरिएको सवारीसाधन, सामान र मानिसलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी निरिक्षक भण्डारीले बताएका छन् । ‘अवैध चोरी तस्करी नियन्त्रणका लागि खुला नाका बन्द गरिएको अवस्थामा पनि अवैध रुपमा सामान भित्रिँदै गरेको सूचनाका आधारमा उक्त सामान बरामद गरेका हौँ ।’, उनले भने, ‘खुला नाका प्रयोग गरेर सामान ओसारपोसार गर्नेलाई कुनै छुट छैन । नाकामा हाम्रो निगरानी थप बढाएका छौँ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK