Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकद्धारा दिपायलमा वित्तीय साक्षरता कार्यक्रम

अर्थ सरोकार

डोटी । डोटीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिका –३ एयरपोर्टमा रहेको जनहित कृषक समूहका सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिइएको हो ।

‘जोडौँ एक नाता ,खोली महालक्ष्मी बैङ्कमा खाता’ भन्ने मूलनाराका साथ महालक्ष्मी विकास बैंक लिमिटेड पिपल्ला शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय साक्षरताका बारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी विकास बैंक शाखा दिपायलका प्रबन्धक भीम बहादुर रावतले बताए । उनले भने ,‘बैंकिङ प्रणाली, खर्च, बचत लगायतका विषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरेका हौँ । वित्तीय साक्षरता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय सीपका बारेमा जानकारी हुने आशा छ।’

हरेक बर्ग तथा समुदायका ग्राहकहरूलाई “मुस्कान सहितको सेवा” उपलब्ध गराउने प्रण सहित ग्राहकको सन्तुष्टि नै बैंकको सफलता हो भन्ने मूल उद्देश्यका साथ यस बैंक अगाडि बढिरेहको उनले बताए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK