Skip to content
LAXMI SUNRISE BANK

मालिका माविको प्रधानाध्यापकमा हरिचन्द्र भट्ट नियुक्त, भन्छन्- ‘जिम्मेवारी निभाउन कुनै कसर छोड्दिन’

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । बैतडीको मालिका माध्यमिक विद्यालयको प्रधानाध्यापकमा हरिचन्द्र भट्ट नियुक्त भएका छन् । बिहीबार जिल्लाको पुर्चौडी नगरपालिका ४ स्थित मालिका माविको प्रअमा भट्टलाई सर्वसम्मत रुपमा नियुक्त गरिएको हो । विद्यालयका तत्कालीन प्रअ कृष्णानन्द भट्ट अनिवार्य अवकाश (निवृत्त भरण)मा गएपछि राहत कोटामा कार्यरत अङ्ग्रेजी विषयका शिक्षक भट्टलाई प्रअको जिम्मेवारी दिइएको हो ।

विसं. २०१६ सालमा स्थापना भएको मालिका माविको भट्ट सातौँ प्रध्यानाध्यापक हुन् । भट्टको लगन, मिहेनत र विद्यालय र विद्यार्थीप्रतिको व्यवहारका कारण उनलाई विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश भट्टले बताएका छन् । उनका अनुसार विव्यस समितिको बैठको प्रअमा भट्टलाई सर्वसम्मतिले नियुक्त गरेको हो ।

प्रअ भट्ट २०६० साल पुस १ गतेदेखी शिक्षा क्षेत्रमा कार्यरत रहेका छन् । भट्टले २०६० देखी २०६३ भदौ ५ गतेसम्म सोही वडाको पहरौल माविमा निजी स्रोत शिक्षकका रूपमा प्रवेश गरेका थिए । २०६५ साउन ३१ गतेदेखी नि.मा.वि राहत कोटामा मालिका मावि भटनामा कार्यरत भट्टले २०६३ जेठ २३ देखी २०६३ असार २३ गतेसम्मको एक महिने अवधिमा, एक महिने प्र.अ. व्यवस्थापन तालिम समेत लिईसकेका थिए । त्यस्तै, उनले बि.एड मा.बि लाइसेन्स पनि प्राप्त गरिसकेका छन् ।

त्यस्तै, भट्टले सर्वसम्मत रूपमा प्रधानाध्यापक जिम्मेवारी प्रदान गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूमा धन्यवाद ज्ञापन गरेका छन् । मालिका मा.वि. को शैक्षिक सुधारका निम्ति सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका लगायत सम्बन्धित सबैमा आ–आफ्नो क्षेत्रबाट आवश्यक, सकारात्मक सुझाव, सल्लाह एवं सहयोग गर्न आह्वान गरेका छन् । उनले आगामी दिनमा विद्यालयमा प्रअको जिम्मेवारीमा रहँदासम्म विद्यालय र विद्यार्थीको गुणस्तर सुधारका लागि कुनै कसर बाँकी नछोड्ने प्रतिवद्धता गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK