
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १६ जनासहित थप ५६ जनामा कोरोना पुष्टि भएको हो ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ र १३ का एक/एक जना र वडा नखुलेका एक जनामा कोरोना देखिएको छ । यस्तै कैलालीको गौरीगंगा नगरपालिका–६ र भजनी नगरपालिकाका–५ तीन/तीन जना र गोदावरी नगरपालिका–४ का एक जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका–५ का ४ जना, महाकाली नगरपालिका–२ र बेलौरी नगरपालिकाका एक/एक जनामा कोरोना संक्रमण देखिएको छ भने डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २९ पुरुष र ५ महिला छन् । अछामको साफेबगरका १७ जना, डोटीको शिखर नगरपालिकाका ८ जना, डोटीकै दिपायल सिलगढी नगरपालिकाका ५ जना र डोटीकै केआइसिँह गाउँपालिकाका ४ जनामा कोरोना देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्