Skip to content
LAXMI SUNRISE BANK

डलर साटिदिने बहानामा ५ लाख रुपैयाँ ठगी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका २ मनहरा दिव्यश्‍वरी प्लानिङबाट डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी भएको छ । काठमाडौं तार्केश्वर नगरपालिका ७, फुटुङ बस्‍ने २८ वर्षीय पुरुषको पाँच लाख रुपैयाँ ठगी भएको हो । ती युवकलाई सोमबारदेखि चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाएर ठगी गरेको खुलेको छ । 
डलर लिएर कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर ३ जना अपरिचित व्यक्तिहरु रकम लिएर फरार भएको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK