×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टितेल २ रुपैयाँले सस्तियो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टितेल २ रुपैयाँले सस्तियो 

Artha Sarokar

१७ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार रातीदेखि लागू हुनेगरि पेट्रोलयम पदार्थको मूल्य घटाएको हो । 

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

निगमको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । त्यस्तै, हवाई इन्धन र एल.पि. ग्यासको मूल्य भने यथावत् राखिएको छ । 

योसँगै अब पेट्रोलको मूल्य पहिलो वर्ग (चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज)मा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै, दोस्रो वर्ग (सुर्खेतदाङ) मा १६९ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा, दिपायल) मा १७० रुपैयाँ पर्नेछ । 

त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्ग (चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग (सुर्खेतदाङ) मा १५७ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा, दिपायल) मा १५८ रुपैयाँ पर्नेछ । पेट्रोलियम पदार्थमा घटेको मूल्य बिहीबार मध्यरातीदेखि नै लागू भइसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी