×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार गाजरको मूल्य २० रुपैयाँले बढ्यो, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार गाजरको मूल्य २० रुपैयाँले बढ्यो, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Artha Sarokar

१८ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज गाजरको मूल्य बढेको छ । गाजर २० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ११० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, रातो आलु (मुडे) ५२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ९०, घिउ सिमी लोकल ४०, घिउ सिमी राजमा १२०, भटमासकोसा १६० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ४०, लौका २०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ५५, हरियो फर्सी (डल्लो) ६०, भिण्डी ३०, पिंडालू ८०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १५०, कन्य च्याउ १८०, डल्ले च्याउ ३४०, राजा च्याउ २८०, सिताके च्याउ १०००, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली १८०, चुकन्दर ६०, रातो बन्दा ८०, जिरीको साग ४००, सेलेरी २५०, पार्सले ६००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा १९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १००, हरियो लसुन १५०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ३८०, आँप (मालदह) १४०, आँप (दसहरी) १४०, अंगुर(कालो) ४००, मौसम १४०, जुनार २८०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो २५, रुख कटहर ३५, नासपाती (लोकल) १००, नासपाती (चाइनिज) २८०, लप्सी ६०, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी