
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । उनको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । कप्तान मल्लले भण्डारीको सहयोगका लागि खेलाडीले साथ दिने बताएका छन् ।
साथै उनले उपचारका लागि थप सहयोग गर्न सम्बिन्धित निकायसँग माग गरेका छन् । ललितको उपचारका लागि नेपाल क्रिकेट संघले समन्वय र सहयोग गर्ने जनाएको छ । सोमबार अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको विज्ञप्पतीमा संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता रहने जनाएका छन् । ललित आइतबार साँझ ट्रकको ठक्करबाट घाइते भएका थिए ।
उनलाई धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएको थियो । धनगढीबाट उनलाई आइतबार राति कोहलपुर ल्याइएको थियो । कोहलपुरमा उपचारपछि उनी खतरामुक्त भएका थिए । कोहलपुरमा गरिएको अपरेशनमा ललितको दायाँ खुट्टा र दायाँ हातको नाडीमा फ्याक्चर देखिएको छ । अपरेसनका लागि उनलाई काठमाडौं ल्याइएको हो । हेर्नुहोस भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्