Skip to content
LAXMI SUNRISE BANK

स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा ४.५१ प्रतिशतले घट्यो

अर्थ सरोकार

काठमाडौँ । स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४.५१ प्रतिशतले घटेर ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ४६ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ४४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी घटेसँगै स्टाण्डर्ड चार्टर्डको नाफा प्रभावित भएको हो ।

त्यसैगरी, सञ्चालन नाफा पनि ४.५३ प्रतिशतले घटेर ४ अर्ब ७४ करोड ६५ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ ।

गत असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ०९ पैसा र प्रतिसेय नेटवर्थ २१८ रुपैयाँ ०४ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK