काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले र कांग्रेसको समीकरणमा बनेको सरकारले कुनै स्टन्टबाजीको रूपमा काम नगर्ने बताएका छन् ।
आइतबार पार्टी कार्यलयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहणमा उनले लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको समीकरण भएकाले स्टन्टबाजीको रूपमा कुनै विचार पनि प्रस्तुत नगर्ने र कुनै अन्यौल वा भ्रम पैदा गरी झुक्याउने खेलमा पनि नलाग्ने बताएका छन् ।
उनले भने, ‘अहिलेको समीकरण संविधान संशोधनका लागि हो । लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन । त्यसकारण लोकतन्त्रका लागि कुनै भुलभुलैया वा अफवाहको भरमा या कुनै अन्यौलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि स्टन्टबाजीको रूपमा विचार पनि प्रस्तुत पनि गर्दैन् । कुनै अन्यौल र भ्रम पनि चाल्दैन । स्टन्टबाजी पनि गर्दैन, कसैलाई झुक्याउने खेल पनि खेल्दैन ।’
उनले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने समेत बताए । गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अब एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताएका हुन् । उनले भने,‘पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो सकिएन, अब गुटबन्दी स्वीकार्य छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्