×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरक्षा कमजोरी देखेपछि गुगलले इसेवालाई प्ले स्टोरबाट हटायो, अब के हुन्छ ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुरक्षा कमजोरी देखेपछि गुगलले इसेवालाई प्ले स्टोरबाट हटायो, अब के हुन्छ ? 

Artha Sarokar

२२ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुरक्षा कमजोरी देखेपछि गुगलले इसेवालाई प्ले स्टोरबाट हटाएको छ । इसेवामा सुरक्षा कमजोरी देखेपछि गुगलले मंगलबार बिहानैदेखि इसेवालाई प्लेस्टोरबाट हटाएको हो । 

अहिले गुगल प्लेस्टोरमा ‘इसेवा’ सर्च गर्दा भेटिँदैन । एकाएक इसेवा प्लेस्टोरबाट गायब भएपछि इसेवा डाउनलोड गर्न चाहने र डाउनलोड गरेर चलाइरहेको प्रयोगकर्ताहरु अन्यौलमा परेका छन् । 

तर, इसेवाले भने इसेवा प्राली इसेवा लिमिटेडमा परिणत भएसँगै गुगल प्लेस्टोरडियुएनएस (डाटा युनिभर्सल नम्बरिङ सिस्टम) मा अपडेट गर्ने क्रममा रहेकोले हालका लागि इसेवा प्लेस्टोरबाट हटेको दाबी गरेको छ ।

यद्यपि डाउनलोड भइसकेका इसेवा एपहरुलाई पनि केही असर नगर्ने इसेवाले जनाएको छ । इसेवाका अनुसार इसेवा प्लेस्टोरबाट हट्नुअघि डाउनलोड भएका इसेवा एपमार्फत ग्राहकहरुले नियमित कारोबार गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी