×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागमतीमा बाढी, चोभारमा बाढी हेर्नेको भीड… (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बागमतीमा बाढी, चोभारमा बाढी हेर्नेको भीड… (फोटो-कथा) 

Artha Sarokar

२२ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण बागमती नदी उर्लिएको छ । बागमतीमा बाढी आएपछि नदी आसपासका क्षेत्र डुबानमा परेका छन् । 

कुलेश्वर, टेकु, कालिमाटी, थापाथली, च्यासल लगायतका क्षेत्रमा अहिले बाढीको वितण्डा छ । नदी वरपरका बस्तीमा पसेको बाढीका कारण सयौँ परिवार तनावमा छन् । तर, बागमतीमा आएको यही बाढी हेर्न चोभारमा भने भीड लागेको छ । 

बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा नदीमा आएको पानीको बहाव हेर्न मानिसहरुको भीड लागेको छ । चोभारमा साँघुरो खोँच भएकाले पनि पानीको बहाव ठूलो र भयानक देखिन्छ ।

बागमती नदीमा आएको यही बाढी हेर्न मंगलबार बिहानैदेखि चोभारमा मानिसहरुको भीड लागेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी