काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सनराइज म्युचुअल फण्ड फण्ड अन्तर्गत सञ्चालित दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ ।
क्यापिटलको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो ।
सनराइज फर्स्ट म्युचुअल फण्डले १२.५० प्रतिशत नगद लाभांश (कर सहित) र सनराइज फोकस्ड इक्विटी फण्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेका हुन् ।
लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक भएको छैन ।