×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य बढोत्तरी, प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँले बढ्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य बढोत्तरी, प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँले बढ्यो 

Artha Sarokar

२८ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १४६.०३ प्रतिशत बढेको हो । 

यसअवधिमा कम्पनीले ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क २७.५२ प्रतिशत बढेको छ भने कम्पनीको कुल आम्दानी ३०.१८ प्रतिशतले बढेको छ । त्यस्तै, यही अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३३.६२ प्रतिशत र कुल खर्च २८.२३ प्रतिशत बढेको छ । 

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार असार मसान्तसम्म कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा कम्पनीको ईपीएस ४ रुपैयाँ ३७ पैसाले बढेर ७ रुपैयाँ ९१ पैसा पुगेको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ भने मूल्य आम्दानी अनुपात ५४.३४ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी