काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्सोरेन्सको नाफा १५६.६७ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मका्े अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले असार मसान्तसम्म ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको वित्तिय विवरणअनुसार यसअवधिमा कम्पनीको खुद आर्जित प्रिमियम ९०.५६ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी ८९.६३ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी ६४.१२ प्रतिशत र कुल खर्च ६४.४३ प्रतिशतले बढेको छ ।
त्यस्तै, समीक्षा अवधिमा नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा कम्पनीको ईपीएस १२ रुपैयाँ ३३ पैसाले बढेर २० रुपैयाँ २१ पैसा पुगेको छ ।
यस्तै समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा छ भने मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ । कुल ३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।