काठमाडौं । भारतको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा कथक नृत्य कार्यक्रम आयोजना गरिएको छ । भारतीय राजदूतावास मंगलबार काठमाडौंमा बृहत कथक नृत्य कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे र भारतीय राजदूत नबिन श्रीवास्तवले दिप प्रज्वलन गरी संयुक्त रुपमा कार्यक्रमको उद्धघाटन गरेका थिए ।

सो कार्यक्रममा अर्पिता दत्त र उनको समूहद्वारा कथक नृत्य प्रस्तुत गरिएको थियो । उक्त नृत्य समुहले आगामी दिनमा वीरगन्ज, हेटौंडा, विराटनगर र पोखरामा प्रस्तुति दिने जनाईएको छ ।
काठमाडौँस्थित भारतीय दूतावासले हरेक वर्ष स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा नेपाल सरकार, नेपाली सेना, कूटनीतिक समुदाय, साँस्कृतिक बन्धुत्व, सञ्चारमाध्यम र नागरिक समाजका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्