काठमाडौं । समृद्धि फाइनान्सको मधुवन शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले श्रावण ३० गते बुधबार स्थानीय बासिन्दाको सहभागिता वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफुल र फुलका २६ ओटा बोट लगाई सम्पन्न गरिएको हो । श्रावण पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, बनेपा, इटहरी र औरही शाखाबाट सम्पन्न भईसकेको र श्रावण महिना भित्र फाइनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु नि:शुल्क प्रदान गरिरहेको छ ।