काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर थप घटाएका छन् । भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर थप घटाएका हुन् ।
भदौ महिनामा बैंकहरुले साउनको तुलनामा ०.२३ प्रतिशतबिन्दु ब्याजदर घटाएका छन् ।
योसँगै साउनमा औषतमा ६.७२ प्रतिशतबिन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौमा अधिकतम ६.४९ प्रतिशतबिन्दु कायम गरिएको छ । त्यस्तै, भदौमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर साउनको तुलनामा औषतमा ०.२४ प्रतिशतबिन्दुले घटेको छ ।
भदौमा १८ मध्ये १३ वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् भने ४ बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
यसो त बैंकहरुको ब्याजदर सस्तिँदा त्यसको प्रभाव सेयर बजारमा पनि पर्ने भएकाले बैंकहरुको ब्याजदर घटेसँगै सेयर लगानीकर्ता पनि थप उत्साहित बनेका छन् । पछिल्लो केही सातादेखि निरन्तर उकालो लागेर ३००० बिन्दु नाघेको सेयर बजारलाई ब्याजदर घटेको कुराले थप माथि लैजान मद्दत गर्ने जानकारहरुको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्