×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफको ब्रान्च मेनेजर्स कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेशनल लाइफको ब्रान्च मेनेजर्स कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न

Artha Sarokar

३२ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘शेपिङ द फ्यूचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।

सो अवसरमा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा कम्पनीले उत्कृष्ट स्थान हासिल गरेको बताइन् । साथै, उनले बीमित, अभिकर्ता, व्यवस्थापन र कर्मचारीहरुको अथक मेहनत, परिश्रम र लगनशिलताको कारणले यो स्थान हासिल गरेको भन्दै सबै धन्यवादको पात्र भएको पनि बताइन् ।

सोही अवसरमा उनले सो अवधिमा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखालगायत सबैभन्दा बढि प्रिमियम संकलन गर्ने शाखा कार्यालयलाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् ।

जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न पाटोहरु र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचना गरी आर्थिक वर्ष २०८१/८२ को लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा विभागीय प्रमुख तथा प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीसमेत गरेर २०० जनाभन्दा बढिको सहभागिता थियो ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अथक मिहिनेत र परिश्रमकै कारण कम्पनीले गत आर्थिक वर्षमा प्रथम बीमा शुल्क ५०० करोड रुपैयाँभन्दा बढि संकलन गर्न सफल भएको बताए । साथै उनले आगामी आवमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौति रहेकाले यस्तो सम्मेलन लाभदायक हुने आशा गरेको बताइन् ।

त्यस्तै नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धीकरण गर्न सक्ने भएकोले यसतर्फ सचेत हुनुपर्ने बताए । सम्मेलनमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता लगायत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी