×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अख्तियारले उदाहरणीय काम गर्न सकेन, ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृति बढ्यो’ : पूर्व अख्तियार प्रमुख उपाध्याय (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘अख्तियारले उदाहरणीय काम गर्न सकेन, ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृति बढ्यो’ : पूर्व अख्तियार प्रमुख उपाध्याय (भिडियो)

Artha Sarokar

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताउनुभएको छ । पछिल्लो आठ/दश वर्ष यता अख्तियारले सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायले बताउनुभएको छ । अख्तियारमा दक्ष मान्छेहरु नहुँदा आरोपपत्र सहीढंले तयार नभएकाले साना मसिना केसहरुमा अख्तियार अल्झिएको हुनसक्ने उहाँले बताउनभयो । उहाँले भन्नुभयो ‘अहिले अख्तियार कस्तो देखिन्छ भने उदाहरणीय काम गरेको देखिदैन् । अलिकति सानातिना मसिना केसहरुमा लागेको देखिन्छ । स्टिङ अपरेसन भनेको छ त्यसमा पनि २ हजार ३ जहाजार मान्छे समातिराखेको छ । हुनत केही मुद्दाहरु ठूला मुद्दाहरु पनि लागेको छ लाग्न त तर धेरै जसो त्यस्ता मुद्दाहरु छन् । अख्तियारको आरोप पत्र पनि दक्ष मान्छेहरुले तयार नपारेको देखिन्छ त्यसकारण त्यहाँ दक्ष मान्छेहरुको खाचो परेको जस्तो देखिन्छ । ’
नेतृत्व चयन गर्दा नै होस पु¥याएर नगर्दाको परिणाम देखिएको आठ/दश वर्षयता देखिएको बताउनुभयो । अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुने मान्छेको विगत कस्तो थियो, कुनै उदाहरणीय कार्य गरेको छ या छैन लगायतका विषयमा मूल्याङ्कन गरेर नियुक्त नगर्दा गलत परिणाम आउने गरेको उहाँले बताउनुभयो । विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने गरेको उहाँको भनाईछ । ‘पहिलो कुरा अख्तियारमा नियुक्ती गर्दाखेरी जसले नियुक्ती गर्ने हो त्यो मान्छेले होस पु¥याएर नियुक्ती गर्नुप¥यो । जसलाई नियुक्त गर्ने हो त्यसको व्याकग्राउण्ड पेपर पुरा खानतलासी गर्नुप¥यो । त्यो मान्छेको कहाँ काम गरेको थियो कस्तो काम गरेको थियो, त्यसले कुन उदाहरणीय प्रस्तुत गरेको थियो विभिन्न ठाउँमा काम गरेको होला त्यस्तो मान्छे । त्यसको के विगत थियो जहाँ काम गरेको थियो त्यहाँका मान्छेहरुले त्यसको के मुल्याङ्कन गर्छन सबै कुरा अध्ययन नगरिकन मान्छे नियुक्त गर्न हुँदैन् । विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउँछ । ’
राजनीतिक नेतृत्वले अख्तियारको प्रमुख आयुक्त छान्ने भएकाले गलत मान्छे नियुक्त गरेमा त्यसबाट निस्कने परिणामको जिम्मेवारी पनि छान्ने व्यक्तिहरुले नै लिनुपर्ने उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो ‘जसले नियुक्ती गर्ने हो ति व्यक्तिहरु देशका जिम्मेवार व्यक्तिहरु हुन् । हामीले छानेर पठाएका व्यक्तिहरु हुन् । एकजना प्रधानन्यायाधिस बाहेक अरु सबैलाई हामीले छानेरै पठाएको हो । जनताले नै छानेर त्यत्रो ठूलो पदमा पुगेका मान्छेहरुले नै नगरेपछि त अब कसको आशा गर्ने त्यसो भए । स्वयं प्रधानमन्त्री त्यसमा बस्नुहुन्छ । विपक्षि दलको नेता बस्नुहुन्छ संवैधानिक परिषदमा उहाँहरुले नै देशलाई निष्पक्ष राम्रो, गतिलो विगत भएको योज्ञता पुगेको मान्छे र काम गर्न सक्ने मान्छेलाई छान्न सक्नुभएन भने अब सडकको मान्छेले त छान्ने होइन । त्यसकारणले जिम्मेवारी उहाँहरुले लिनुपर्छ ।’ 
अख्तियारमा जाखिर खान मात्रै आउने व्यक्तिले कुनैपनि राम्रो नतिजा दिन नसक्ने उहाँले बताउनुभयो । अख्तियार प्रमुखसँग काम गर्ने अठोट र लक्ष्य भएमात्र सही नेतृत्व दिन सक्ने उपाधयायको भनाई छ । उहाँले कुनैपनि सही नेतृत्व अख्तियारमा आउन सक्दाखेरी उदाहरणीय काम हुन जाने र अन्य आयुक्तहरुलाई पनि नियत्रणमा जान बाध्य पार्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिले एउटा मिसन लिएर आउनुप¥यो । कुनै मान्छे अख्तियारमा जागिर खान्छु भन्ने विचारले आउँछ भने बरु नआएहुन्छ । त्यहाँ बदनाम भइन्छ, केही काम गर्न सकिदैन् । गरेको पनि मान्छेले रुचाउँदैन् । आफुलाई खतरा पनि हुन्छ । तर केही गर्छु, देशका लागि मेरो मिसन छ म जन्मेको यहि देशमा हो, म नागरिक हुँ, मैले गर्दा धेरै काम हुनसक्छ भन्ने मिसन लिएर उद्देश्य लिएर त्यसप्रति प्रतिवद्ध छ भनेदेखि त्यस्तो मान्छे आउन पर्छ । जहाँ सम्म मान्छे खोेज्ने कुरा हो । मान्छे खोज्दापनि उसको पुरा विगत हेरेर मात्रै नियुक्त गर्नपर्छ । आइसकेपछि उक्त व्यक्तिमा प्रतिवद्धता छ भने त्यसले नेतृत्व पनि दिनसक्छ । यद्दपी त्यसले मात्रै सबै कुरा निर्णय गर्ने होइन् । तर नेतृत्व भनेको कुरा ठूलो कुरा हो । नेतृत्व दिन सक्दाखेरी उदाहरणीय हुन जान्छ र अरु आयुक्तहरु पनि नियन्त्रणमा जान सक्छन् । ’ 
अख्तियार प्रमुख आयुक्त भइसकेका व्यक्तिहरु नै अख्तियाको कारबाहीमा पर्ने, अदालतमा मुद्दा पर्ने, योग्यता नपुगेर अदालतले हटाइदिनु पर्ने लगायतका क्रियाकलापले अख्तियारको लोकप्रियता घट्दै गएको स्पस्ट हुने उहाँले बताउनुभयो । राजनीतिक व्यक्तिले नियुक्त गरेपछि पनि स्वतन्त्र भएर काम गर्नुपर्ने ठाउँमा फेरीपनि व्यवहारीक रुपमा राजनीतिक व्यक्तिको हस्तक्षेप भइराखेको देखिएको उपाध्यायको भनाइ छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी