काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधि हटाइने भएको छ ।
स्थार्थ बाझिन सक्ने अवस्थालाई न्यूनिकरण गर्न अर्थ मन्त्रालयले एफएनसीसीआई र आईक्यानका प्रतिनिधिलाई बोर्डको सञ्चालक समितिबाट हटाउन लागेको हो ।
यसका लागि अर्थमन्त्री विष्णु पौडेलले संसद्मा धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ दर्ता गराएका छन् । जसमा बोर्डको संचालक समितिबाट एफएनसीसीआईका प्रतिनिधि हटाइने प्रस्ताव गरिएको छ । आइक्यानको प्रतिनिधि भने नहटाईएको आइक्यानले जनाएको छ ।
यसका साथै धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा बोर्डको अध्यक्ष तथा उच्च पदाधिकारीलाई कुलिङ्ग पिरियड र दण्ड, सजायका व्यवस्थापमासमेत थप कडाईको प्रस्ताव गरिएको छ । त्यस्तै, धितोपत्र बोर्डको अध्यक्ष भइसकेको व्यक्तिले बोर्ड छोडेको दुई वर्षसम्म सूचीकृत कम्पनीमा काम गर्न नपाउने गरी ऐन संशोधनको प्रस्ताव गरेको छ ।