Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँको बलम्बुमा शंकास्पद वस्तु फेला

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । बिहीबार चन्द्रागिरी नगरपालिका-१२ बलम्बु स्कुल नजिकै शंकास्पद वस्तु फेला परेको हो ।

प्रहरीका अनुसार स्कुल नजिकैको घरअगाडि तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको छ ।

शंकास्पद वस्तु फेला परेको स्थलमा हाल प्रहरी प्रभाग बलम्वुको टोली पुगेको छ । शंकास्पद वस्तु ‘कुकर बम’ भएको आशंका गरिएको छ ।

हाल उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK