काठमाडौँ । कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एप मार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै रु. २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो इजी लोन सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने इसेवाले जनाएको छ । इसेवा मार्फत लिइने इजी लोन सुविधामा लागु हुने थप सर्तहरु बारे इसेवाको वेबसाईट/एप मार्फत जानकारी लिन सकिनेछ ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।